कौन बनेगा करोडपतिका होस्ट अमिताभ बच्चन हट सिटमा बसेका प्रतियोगीहरुसँग हँसी मजाक गर्ने गर्दछन् । पछिल्लो प्रोमामाा पनि त्यस्तै देखिएको छ जसमा एक महिला प्रतियोगीलाई अमिताभ बच्चनको साथ फ्लर्ट गरेको देख्न सकिन्छ ।
च्यानलद्वारा शेयर गरिएको प्रोमोमा सिनियर बच्चन प्रतियोगीसँग कुरााकनी गरेको देख्न सकिन्छ र अमिताभले प्रतियोगीसँग चियाको डेटको लागि शो बन्द गरेको अनुरोध पनि देख्न सकिन्छ । यो एपिसोडको क्लिपले दर्शकलाई अचम्ममा पारिदिएको छ ।
प्रोमामा बीग बीले प्रतियोगीको सुन्दरतालाई लिएर प्रसंस गरेको देख्न सकिन्छ भने अमिताभले उनको नेकलेसको पनि प्रसंसा गर्दछन् । सुपरस्टारबाट यस्तो कुरा सुनेपछि प्रतियोगी लाजले भुतुक्क हुन्छिन् र सोध्दछिन् के उनले अमिताभलाई अमितजी भनेर बोलाउन सक्छिन् । यसको उत्तरमा अमिताभ उनलाई अमित मात्रै बोलाउन अनुरोध गर्दछन् ।
च्यानलले गरेको यस प्रोमोको भिडियोमा अनगिन्ती कमेन्टहरु आएका छन् । एउटा कमेन्टमा “जयाजी रिसाउलिन्” भन्ने लेखिएको छ भने अर्कोले लेख्छन्, “जयाजीले तपाईको लोकेसन जान्न चाहन्छिन् ।”
अमिताभको वक फ्रन्टको कुरा गर्ने हो भने उनी पछिल्लो पटक चेहेरेमा देखिएका थिए भने उनी चाँडै नै रणवीर कपुर, आलिया भट्ट, नागार्जुन र मौनी रायसँग ब्रम्हास्त्रमा देखिनेछन् । यी बाहेक उनी गुडबाई, झुण्ड, मेडे र जल्सा जस्ता फिल्महरुमा पनि देखिनेछन् ।


विश्व खबर 



















