दशैंतिहारको उपलक्ष्यमा विष्णुमाझीको नयाँ गीत दशैं तिहार आइसक्यो भन्ने गीत सार्वजनिक भएको छ । उक्त गीत हिंजो असोज ६ गते सार्वजनिक भएको हो । गीत सपना म्युजिक इण्डस्ट्रीजको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
गीत सार्वजनिक भएको १६ घण्टामै ४ लाख भन्दा बढी भ्यूज गएको छ । गीतको संगीत र लेखन विष्णु माझीको श्रीमान सुन्दरमणि अधिकारीको हो भने स्वर विष्णु माझीको हो । मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा प्रिया विष्टको अभिनय रहेको छ । गीतको प्रोडक्सन तथा भिजुयलको निर्देशन पनि सुन्दरमणि अधिकारीले गरेका हुन् ।
उक्त आधाकारिक युट्युबमा सुन्दरमणि भन्दछन्, “भनिन्छ, लोक गीत – गीत संगीत को जननी अनि समाजको दर्पण पनि, तिनै लोक गीत जन्माउने र गुनगुनाउने अग्रजहरुका छन्दात्मक शैलीहरूको मधुरशमा लट्ठ पर्दै र मेरो अन्तरहृदयको भावना संग आँख मिचोली खेल्दै मैले यो गीत तयार परेको हुँ । तसर्थ तिनै अनन्त अनि कालजयी शैलीहरु जन्माउने सबै अग्रजहरु प्रति कोटी कोटी नमन !” उक्त गीतको क्यामेरामा शम्भु चालिसे रहेका छन् भने कोरियोग्राफर शिव वि.क. रहेका छन् ।
भिडियो


विश्व खबर 



















