images
images
  • सारा अलि खान कश्मिरमा साथीहरुसँग मनाइरहेछिन् पिकनिक, देखाइन् फुल मुनको दृश्य

    सारा अलि खान निकै घुमक्कड छन् । एक पटक फेरि सारा कश्मिर पुगेकी छिन् । सारा अलि खानले हालै कश्मिर यात्राको केही सुन्दर तस्विरहरु शेयर गरेकी छिन् जहाँ झीलको किनारमा साथीहरुसँग पिकनीक मनाइरहेको देख्न सकिन्छ ।

    साराले यस ट्रिपको कैयौं तस्विर र भिडियोहरु शेयर गरेकी छिन् जसमा उनी कश्मिरको काखमा मजा लिएको देख्न सकिन्छ । यी तस्विरहरु जम्मु र कश्मिरमा अमरनाथ गुफाको पास स्थित शेषनाग झीलको हो । साराले यस सुन्दर झीलको किनारमा पूर्णिमाको रातदेखि लिएर कैम्प फायरको पनि मजा लिइन् ।

    तर साराले आफ्नो क्याप्सनमा यस कुराको उल्लेख गरेकी छिन् कि तपाई हाइटसँग त डील गर्न सक्नुहुन्छ तर त्यहाँ बस्ने खाने कुरामा फाइट गर्नुपर्दछ । शेयर गरिएको यी तस्विरहरुमा सारा आफ्नो साथीहरुसँग झीलको किनारामा होम मेड फुडको मजा लिएको देखिन्छ ।

    केही समय पहिले सारा माल्दीभ्सको यात्रामा थिइन् । माल्दीभ्सबाट साराले कैयौं सारा ग्लैमरस तस्विरहरु इंस्टाग्राममा शेयर गरेकी थिइन् । माल्दीभ्स यात्रा न्दा पहिले राधिका मदानको साथ सारा अली खान लद्दाखको यात्रामा थिइन् । यस यात्राको कैयौं झलकहरु एनले इंस्टाग्राममा शेयर गरेकी थिइन् । वर्कफ्रंटको कुरा गर्ने हो भने उनी चाँडै नै अतरंगी रेमा देखिनेवाला छन् । यस फिल्ममा सारा अक्षय कुमार र साउथको एक्टर धनुषको साथ स्क्रीन शेयर गरेको देख्न सकिन्छ ।

    sara2 sara1

    प्रतिक्रिया दिनुहोस्
    images
    images