images
images
  • शाहरुखलाई ब्यायकट गर्नुपर्ने माग राख्दै ट्वीटरमा उनका विरुद्ध कडा आलोचना

    शाहरुख खान बलिउडका बादशाह हुन् तर पछिल्लो समयमा उनका फिल्महरुले राम्रो व्यापार गर्न सकेको छैन । अहिले आएर उनी ठूलो विवादमा फसेका छन् । ट्विटरमा उनका विरुद्ध कडा आलोचना भइरहेको छ । उनलाई बहिष्कार गर्ने विषय ट्रेन्डिङमा समेत आएको छ । कोइमोइका अनुसार शाहरुख पाकिस्तानसँगको सम्बन्धका कारण आलोचित बनेका हुन् । शाहरुख र पाकिस्तानबीच सम्बन्ध रहेको र उनले बारम्बार भारतीयको धार्मिक भावनामाथि चोट पुर्याएको ट्विटर प्रयोगकर्ताको दाबी छ ।

    वास्तवमा सामाजिक संजाल एउटा लहर हो । यहाँ केही मानिसहरु कुनै कुराको विरुद्धमा उत्रिए भने सबै त्यतितिर खनिन्छन् । उनीहरुले ट्विटरमा शाहरुखका विगतका तस्बिर, समाचार र घटना पोस्ट गरेका छन् जसमा अभिनेता खानले पाकिस्तानी क्रिकेट खेलाडीलाई समर्थन गरेको र भारतबारे असहिष्णुता कुरा गरेको देखिन्छ । उनीविरुद्ध गरिएका ट्विटमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान र शाहरुख सँगै भएको फोटो, उनले भारतमा मुस्लिमलाई गरिने व्यवहारबारे बोलेका कुरा र केही मिमहरु छन् ।

    shah2

    यी पोष्टमा हरेकले शाहरुखलाई बहिष्कार गर्नुपर्ने लेखेका छन्। यससँगै ट्विटर प्रयोगकर्ताले शाहरुखको आउँदो फिल्म पठानविरुद्ध पनि बोलेका छन् । उनीहरुका अनुसार अभिनेता अक्षय कुमार र अजय देवगनले भारतको इतिहासलाई आफ्ना फिल्ममार्फत् सकरात्मक रुपमा देखाइरहेका बेला शाहरुखका फिल्म त्यसको उल्टो हुने आरोप छ ।

    केही मानिसले उनको चर्को विरोध गरेपनि उनको पक्षमा पनि फ्यानहरु नभएका होइनन् । उनको ट्विटर फ्यानहरु भने उनको पक्षमा उभिएका छन् । शाहरुखका फिल्महरु चुनावी प्रचार वा कुनै विशेष समूहको स्वार्थका लागि नबनेको उनीहरु बताउँछन्। शाहरुखको आगामी फिल्म पठानमा अभिनेत्री दीपिका पादूकोणको पनि अभिनय छ । उनीहरुसँगै फिल्ममा अभिनेता जोन अब्राहम र आशुतोष रानालाई देख्न सकिन्छ । यो फिल्मको बजेट लगभग दुईसय पचास करोड भारु छ। फिल्ममा अभिनेता सलमान खानलाई अथिति कलाकारको रुपमा पनि देख्न पाइने छ ।

    shah1

    प्रतिक्रिया दिनुहोस्
    images
    images