उर्वशी रौतेला बलिउडकी बोल्ड एण्ड ब्युटिफुल हिरोइन हुन् । उनले आफ्नो सुन्दर तस्विरहरु सामाजिक संजालमा बेला बेला पोस्ट गरिरहन्छिन् । उर्वशी रौतेला बलिउड इन्डस्ट्रीकी शानदार अभिनेत्रीमध्ये एक हुन् । आफ्नो बोल्डनेसले उनले धेरैको मनमा सफल भएकी छिन् ।
उनी बोल्ड मात्र होइन अभिनयमा पनि माहिर छिन् । उनले नयाँ जेनेरेसनमा निकै चर्चित रहेकी छिन् र सामाजिक सञ्जालमा उनले आफ्नो समय दिने गरेकी छिन् ।
बलिउडमा कलाकारहरु अभिनयमा निखार ल्याउनको लागि र वास्तविक देखाउनको लागि बडी ट्रान्सफरमेशनदेखि लिएर रोल अनुसार भूमिकाको ालगि विभिन्न मार्सल आर्टको तालिम पनि लिने गर्दछन् । यस्तैमा रौतलो आफ्नो आगामी प्रोजेक्टको तयारीमा छिन् । आगामी एक्सन फिल्मका लागि उनी मार्सल आर्ट सिकिरहेकी छिन् । उनले मार्सल आर्ट ट्रेनिङ गरिरहेको भिडियो आफ्नो इन्सट्राग्राममा अपलोड गरेकी छिन् । उनको उक्त भिडियोले अहिले निकै चर्चा पाइरहेको छ ।



विश्व खबर 



















