हेमा मालिनी जब नयाँ नयाँ फिल्म उद्योगमा आएकी थिइन्, थाहा नपाइकन हन्टेड घरमा शिफ्ट भएकी थिइन् । यो कुराको खुलासा उनले एक अन्र्तवार्तामा गरकी थिइन् । बलिउडमा डेब्यु पछि हेमा मुम्बईमा आफ्नो आमाबुबाको साथमा रहन्थिन् । त्यस बेला जब उनी एउटा नयाँ घरमा शिफ्ट भइन् तब प्रत्येक रात उनलाई भयानक अनुभव हुन्थ्यो । हेमाको साथ जे भएको थियो त्यो उनको आमाले पनि नोटिस गरेकी थिइन् ।
सुतेको बेला कसैले उनको घाँटी दबाउँथ्यो
सन् २०१८ को एउटा अन्र्तवार्तामा हेमा मालिनीले बताएकी थिइन् कि प्रत्येक रात उनलाई सुतेको बेला लाग्दथ्यो कि कसैले उनको घाँटी अठ्याइरुहेको छ । त्यस बेला उनी आफ्नो आमासँग सुत्दथिन् । हेमाले बताइन्, मलाई अहिले पनि याद छ कि जब सुबोध मुखर्जीले मलाई अभिनेत्री फिल्मको लागि साइन गरे त्यस बेला मैले सपनोंका सौदागरको शुटिंग गरिहेकी थिएँ । त्यस बेला हामी अनंतस्वामीको घरबाट बांद्राको मानवेंद्र अपार्टमेन्टमा शिफ्ट भएका थियौं । यो एउटा सानो फलैट थियो । भानु अथैया यसमा ड्रेस ट्रायलको लागि आउँथिन् । फाइनली हामी जुहुको एउटा घरमा शिफ्ट भयौं । यो घर हन्टेड थियो । यो कुराको खुलासा उनले रेडिफलाई दिएको अन्र्तवार्तामा बताएकी थिइन् ।
श्वास लिन हुन्थ्यो मुश्किल
प्रत्येक रात मलाई यस्तो लाग्दथ्यो कि कसैले मेरो घाँटी अठ्याइरहेको छ । मलाई श्वास लिन कठिनाई हुन्थ्यो । म आफ्नो आमाको साथ सुत्दथे र उनले नोटिस गरिन् कि म कति छट्पटाउँथे । यदि एक दुई चोटी यस्तो भएको भए हामीले इग्नोर गरिदिन्थ्यौं तर प्रत्येक रात यस्तो हुन्थ्यो । तब हामीले आफ्नो खुदको अपार्टमेन्ट किन्ने फैसला गर्यौं ।


विश्व खबर 



















