images
images
  • माओवादी केन्द्रद्वारा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा तालाबन्दी

    जाजरकोट- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सूचना प्रविधि अधिकृत हेमन्त बोहराको पुर्नवहालीको माग राख्दै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका कार्यालयको मूलगेटमा तालाबन्दी गरेको छ ।

    नगरपालिकामा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत बोहरालाई पुनर्वहालीको माग राख्दै नगरमा तालाबन्दी गरेको हो । त्रिपुरासुन्दरी नगरपालिका( ६ पालङ्गका स्थानीय बासिन्दा बोहरा २०७६र०७७ देखि नगरमा सूचना प्रविधि अधिकृतका रूपमा कार्यरत थिए । कार्यालयको काम इमानदारीपूर्वक नगरेको भन्दै नगरले उनलाई निलम्बन गरेको थियो ।

    सूचना प्रविधि अधिकृत रहँदा बोहराले जनप्रतिनिधिको सम्पत्ति विवरण फारम भर्दा उपमेयर चन्दाकुमारी बुढाको नभरेर जरिमाना तिर्नुपरेको कारणलाई लिएर विभिन्न समयमा नगरले बोहरालाई स्पष्टीकरण सोधेको थियो । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० नगर इन्चार्ज धर्मजित बोहरा, सचिव बुद्धि बुढा, प्रदेश कमिटी सदस्य काली चलाउनेसहितको नेतृत्वमा एक दर्जनभन्दा बढीको संख्यामा रहेका माओवादीका कार्यकर्ताले बोहराको पुनर्वहालीको माग राख्दै नगरमा तालाबन्दी गरेका हुन् ।

    नगरका प्रमुख प्रशासकीय अधिकृत प्रीतिभक्त गिरीले मनोमानी ढंगले काम गरेको, नगरमा अनेक किसिमका गलत कार्य गरेकाले बोहरालाई पुनर्वहाली र नगर कार्यकारी प्रमुख गिरीलाई कारवाही नभएसम्मलाई नगरमा तालाबन्दी जारी राखिने र थप आन्दोलनका कार्यक्रमसमेत गरिने नगर इन्चार्ज धर्मजित बोहराद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images