९० को दशकको प्रसिद्ध टीवी सिरियल रामायणको मेकर रामानन्द सागरको पनातिनी साक्षी चोपडा एकपटक फेरि चर्चामा छन् । साक्षी चोपडाले लेटेस्ट इंस्टाग्राम फोटोजमा बिकिनी अवतारमा देखिएकी छिन् । साक्षी चोपडा सोशल मिडियामा निकै एक्टिभ छन् ।
बताइदिउँ कि इंस्टाग्राममा साक्षी चोपडा निकै प्रसिद्ध छिन् । यस प्लेटफर्ममा उनलाई ५ लाखभन्दा बढीले फलो गर्दछन् । अहिले फेरि उनले सेतो रंगको टपमा आफ्नो तस्विर शेयर गरेकी छिन् जसमा उनी निकै हट देखिएकी छिन् । जसलाई तपाईले यस पोस्टमा देख्न सक्नुहुनेछ । सोशल मिडिया सेलिब्रिटी हुनुको साथसाथै साक्षी चोपडा एउटा राम्रो सिंगर पनि हुन् । उनको आफ्नो युट्यूब च्यानल पनि छ । उनको कैयौं भिडियो युट्युबमा हिट भैसकेको छ ।
तपाईलाई बताइदिउँ कि साक्षी चोपडा लास एंजिलिस, क्यालिफोर्नियामा रहन्छिन् । उनी रामानन्द सागरको छोरा मोती सागरको छोरी मीनाक्षीको छोरी हुन् । साक्षी चोपडाले ट्रिनिटी स्कूल अफ लण्डनबाट स्कूलिंग गरेपछि कैलिफोर्निया, अमेरिकाको द ली स्ट्रासबर्ग थिएटर एण्ड फिल्म इंस्टीट्युटबाट फिल्म मेकिंगको कोर्स गरेकी हुन् ।



विश्व खबर 



















