काइली क्रिस्टिन जेनर सन् १९९७ मा जन्मिएकी हुन् । उनी अमेरिकाको मेडिया व्यक्तित्व, सोसियलीट, मोडल र बिजनेस वुमन हुन् । उनले रिललिटी टेलिभिजन सिरियल Keeping Up with the Kardashians सन् २००७ मा काम गरेकी हुन् र कस्मेटीक कम्पनी काइली कस्मेटिक्सको संस्थापक र मालिक हुन् ।
१४ वर्षको उमेरमा सन् २०१२ मा कपडाको ब्राण्ड प्याकसनसँग उनले कोल्याबरेट गरेकी थिइन उनको बहिनी केण्डलसँग र केन्डल र काइली नामको ब्राण्ड खोलेकी थिइन् । सन् २०१५ मा जेनरले आफ्नो कस्मेटिक लाइन काइली लीप किट्स शुरु गरेकी थिइन जुन पछि गएर काइली कस्मेटिक्समा परिवर्तन भयो । तिनीहरुले एउटा मोबाइल एप पनि लन्च गरेका थिए जुन Itunes App Store मा नम्बर वन भएको थियो जसलाई केन्डली र काइली भनिन्छ ।

उनको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ। काइलीलाई इन्स्टाग्राम २२४ मिलियन मानिसले पच्छ्याएका छन् । काइली फ्यान्समाझ आफ्ना ग्लामरस फोटो शेयर गरिरहन्छिन् । उनका तस्बिरहरु अपत्यारिलो तरिकामा लाइक्स तथा कमेन्टस वर्षात् हुन्छ । मानिसहरुले उनको अलग अन्दाजलाई असाध्यै मन पराउने गरेका छन्
काइली जेनर भर्खर अहिले २३ वर्षकी भएकी छिन् । तैपनि उनी एक अरबपति हुन् । सन् २०१८ मा काइलीले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पछाडी पारी कम उमेरको अरबपति बनेकी थिईन् ।

काइलीले सन् २०१५ मा ‘काइली कस्मेटिक’ को नामबाट आफ्नो मेकअप ब्राण्डको सुरुवात गरेकी थिईन् । उनको यो ब्रान्ड निकै लोकप्रिय छ । यसबाट उनले अरबौँ रुपैयाँ कमाउँछिन् । उनै काइलीका लोभलाग्दो जवानीका केही तस्बिरहरु हामीले सामाजिक संजालबाट लिएका छौ । उक्त तस्बिरले धेरैको ढुकढुकी बढाउन सक्छ ।


विश्व खबर 



















