images
images
  • गायक पुश्कल शर्माको सबैलाई रुवाउने मार्मिक दशै गित ’दाजुभाईले’ चर्चा बटुल्दै , जताततै भाइरल (भिडियोसहति)

    • images
    • २ आश्विन २०७८

    काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा बजारमा दशैंका गीतले पनि चर्चा बटुलीरहेको छ। विभिन्न कलाकारहरुले गीत बजारमा ल्याइरहेका छन् । नेपाली लोक गित संगित यति बेला दशैंका गीतले गुन्जएमान भएको छ।

    नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीतहरु बजारमा धमाधम आइरहेका छन् । हिन्दुहरुको महान चाड दशैं तथा दिपावली जस्ता ठुला पर्व नजिकिदै गर्दा थुप्रै नयाँ चाडपर्व विशेष गितहरु सार्बजनिक हुने क्रम बढेको छ ।

    कोरोनाका कारण ग्रसित बनेको समस्त गित संगितको क्षेत्र अहिले भने विस्तारै उकासिदै जान थालेको छ । नेपाली कलाकारहरुले दर्शकहरुलाई मनोरंजन दिनका निमित्त धमाधम नयाँ नयाँ गितहरु सार्बजनिक गरिरहेका छन् ।

    गीत बजारमा आउने क्रममै लोकप्रिय गायक पुस्कल शर्माले पनि आफ्नो नयाँ दशैं गीत बजामा ल्याएका छन् । गीत हिजो मात्रै सार्वजनिक भएको हो । गीत बजारमा आएसँगै अहिले सा्रेता दर्शकले निकै मन पराएका छन् । गीत मार्मिक र मन छुने रहेको छ । सो गीतमा पुस्कल शर्मा र कुशल बेलबासेको स्वर रहेको छ । गित सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बनिसकेको छ ।

    प्रदेशमा रहेका नेपालीहरुको यथार्थ कथा व्यथालाई गितमा उतारिएको छ । दशैं तथा ठुला चाडपर्वमा छोरा आफुदेखि टाढा हुँदा कसको पो मन रुदैंन होला र हो यो गीतमा पनि त्यस्तै भावहरु समेटिएको छ ।  गीतमा उत्कृष्ट लय शब्द संकलन पुस्कलकै रहेको छ । भिडियोमा पुस्कल शर्मासँगै हिउवाला गौतम, अन्जली अधिकारी र सुरज घिमिरेको अभिनय देख्न सकिन्छ ।

    भिडियोको निर्देशन पुस्कल शर्मा आफैले गरेका हुन् भने सुरेश श्रेष्ठले खिचेको भिडियो दीपक बिष्टले सम्पादन गरेका हुन् । गीत निकै नै उत्कृष्टि बनेर बजारमा आएको छ र त दर्शकले पनि रुचाएका छन् । उसो त गायक शर्माका गीतले निकै चर्चा बटुल्ने गर्दछ । उनका हरेक सिर्जनाले दर्शकको मन जित्ने गरेको छ । गायक शर्माले प्राय बियोगान्त गीतहरु बढि बजारमा ल्याउन गर्दछन् ।

    लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ ।

     

    हेर्नुहोस् भिडियो:

    प्रतिक्रिया दिनुहोस्
    images
    images