images
images
  • राष्ट्रियसभामा बादललाई जिताउन ओलीको अपिल: ‘पार्टी निर्णयविरुद्ध कोही गएमा क्षमा दिइने छैन’

    काठमाठडौं। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभामा जिताउन अपिल गरेका छन्।

    बुधबार २ पृष्ठ लामो अपिल निकाल्दै ओलीले बादल नेपाली कम्युनिष्ट आन्दोलनका एक वरिष्ठ नेता भएकाले उनलाई जिताउनु एमालेका सबै कार्यकर्ताको कर्तव्य भएको बताएका छन्।

    बादल नेपाली कम्युनिष्ट आन्दोलनका एकजना वरिष्ठ नेता हुनुहुन्छ। उहाँको जितले नेपाली कम्युनिष्ट आन्दोलनलाई एकता बनाउन बल दिनेछु, उनले भनेका छन्, तसर्थ, एमालेका सबै पार्टी पंक्तिलाई एकतावद्ध भएर बादललाई जिताउन आग्रह गर्दछु।

    ओलीले पार्टीको आधिकारिक उमेदवारविरुद्ध अर्को उम्मेदवारी दिइने कुरालाई स्वीकार्न नसकिने पनि चेतावनी दिएका छन्। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइनु लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना भन्दा बाहिरको कुरा हो, ओलीले अपिलमा भनेका छन् । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अपनाउने कुनै पनि पार्टीलाई स्वीकार्य या क्षम्य हुनै सक्दैन।

    Uml notice 1
    Uml notice 2

    प्रतिक्रिया दिनुहोस्
    images
    images