images
images
  • गायक कमल विसि माइल्दाईले संचालनमा ल्याए बागेश्वरी रोधीघर, पहिलो दोहोरि भिडन्त राजु परियार र जेरिबीच (भिडियोसहित)

    • images
    • २७ भाद्र २०७८

    काठमाडौं –  पछिल्लो समय यता काठमाडौंमा दोहोरि रोधीघर तथा दोहोरी स्टुडियो छ्याप्छ्यप्ति छन् । कलाकारको गरिखाने एउटा व्यवसायी पनि हो यो। जिल्लाबाट राजधानिमा आएका कतिपय कलाकारहरुले यहिबाट आफ्नो जिविकोपार्जन गरिरहेका छन् । पछिल्लो दिनमा मौलाउदै गएको लाइभ दोहोरी धेरैको रोजाइमा पर्न सफल भएको छ ।

    पछिल्लो समय कोरोनाका कारण कलाकारहरु बाहिरका कार्यक्रममा जान पाएनन् । तर काठमाडौंमा रहेका धेरै दोहोरि रोधीघर तथा दोहोरी स्टुडियोमा दोहोरी गाउँदै उनीहरुले दिन बिताए । अहिले दोहोरिको निकै जमात चलेको छ । अरु भन्दा रोधीघर तथा दोहोरी स्टुडियोमा दोहोरि गाउँने रमाइलो गर्ने नै निकै प्रख्यात छ । यसबाट सो्रता दर्शकले पनि भरपुर मनोरन्जन लिरहेका हुन्छन् । त्यतिकै यहाँ दोहोरी साँझ पनि छन् भने त्यति नै क्लबहरु छन् ।

    यता दोहोरि रोधीघर तथा दोहोरी स्टुडियो जताततै घन्कि रहेका बेला कलाकार कमल विसि माइल्दाइले पनि बागेश्वरी रोधीघर संचालनमा ल्याएका छन् । काठमाडौंकोे गोङ्गबुमा संचालनमा रहेको यस बागेश्वरी रोधीघरमा विभिन्न कलाकारले घम्साघम्सी दोहोरी खेल्न सक्ने छन् । यस रोधीघरको पहिलो दोहोरि भिडन्त राजु परियार र जेरिले गरेका छन् ।

    नेपाली मौलिक गित संगीत र कलाकार राष्ट्रका सम्पत्ति हुन । यीनैको सबैले जगेर्ना गर्नका लागि भए पनि बागेश्वरी रोधीघर संचालनमा ल्याएको गायक विसिले बताए ।

    लाइभ दोहोरी धेरै नेपालीहरुको रोजाईमा पर्न सफल भएकोले पनि बागेश्वरी रोधीघरले दर्शकको माया र साथ अनि सफलता पाउने आशा आफुमा रहेको पनि उनको भनाइ रहेको छ । गायक कमल विसि माइल्दाई बर्दियाका हुन् ।काठमाडौंमा कर्म थलो बनाएका उनको लोकदोहोरि क्षेत्रमा आफ्नो छुटै पहिचान छ । उनका निकै चर्चाीत गीतले बजार पनि तताइसकेको छ । गीत गाउने क्रममै नयाँ कार्यको थालनी उनले गरेका छन् ।

    हाम्र्रो तर्फबाट पनि बधाइका साथै सफलताको शुभकामना !

    प्रतिक्रिया दिनुहोस्
    images
    images