images
images
  • कस्तो रहला त आगामी तीन दिनको मौसम ? हेर्नुहोस् यस्तो छ

    काठमाडौं। हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।

    साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिणतर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली र तराई भू–भागमा आंशिक बदली रहेको छ ।

    आइतबार देशको अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सोमबार र मंगलबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन÷ चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images