images
images
  • कमेडी च्याम्पियनका भरतमणिलाई गृहजिल्ला ताप्लेजुङमा भव्य स्वागत (तस्विर सहित )

    ताप्लेजुङ – कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट तीनभित्र पर्न सफल भरतमणि पौडेललाई गृहजिल्ला ताप्लेजुङमा मंगलबार स्वागत गरिएको छ ।

    ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभुषामा सजिएका जिल्लावासीले बजार परिक्रमा गराइएको थियो ।

    स्वागतमा फुङ्लिङ बजारका नागरिकले स्फूर्तरुपमा घरको अगाडि घडा सजाएका थिए ।

    Bharatmani 1

    Bharatmani 2

    Bharatmani 3

    प्रतिक्रिया दिनुहोस्
    images
    images