काठमाडौँ, भदौ २१ । नेपाली सांगीतीक बजारमा एकपछि अर्को गर्दै गीतहरु धमाधम बजारमा आइरहेका छन् । गीत बजारमा आउने क्रममै ‘सुवा नरिसाउन’ बोलको गीत यति बेला बजारमा आएको छ । गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘सुवा नरिसाउन’ को भिडियो सार्वजनिक गरिएको हो ।गीत भर्खेरै मात्र बजारमा आएको हो ।
गीतमा चक्र बम र अन्जली अधिकारीको अभिनय रहेको छ । गीतमा शब्द तथा संगीत बिके बिक्रमको रहेको छ। प्रभावन जे एण्ड टिमको निर्देशनमा भिडियो बनेको हो ।
ज्ञानेन्द्र शर्माले छायाँकन गरेको भिडियोलाई कृष्ण गौतमले सम्पादन गरेका छन्। भिडियोमा माधब श्रेष्ठको कोरियोग्राफी रहेको छ।
भिडियो बिके बिक्रमको अफिसियल यु ट्युब च्यानल मार्फत बजारमा आएको हो । गीतलाई सोर्ता दर्शकले निकै मनपराएका छन् भने प्रतिक्रिाया पनि रार्मै आएको छ । सुन्दा र हेर्दा गीत निकै नै राम्रो रहेको आम दर्शकले प्रतिक्रीया दिएका छन् ।
हुर्नुहोस् भिडियो:






















