images
images
  • एनएमबि बैंक ‘ग्रीन डिल अफ द इयर २०२१’को उपाधीबाट सम्मानित

    काठमाडौं । एनएमबि बैंक सिंगापुरको एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एन्ड इन्भेष्टमेन्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत ‘ग्रिन डिल अफ द इयर २०२१’ को उपाधिले सम्मानित भएको छ ।

    अन्तर्राष्ट्रिय वित्त निगम )आइएफसी) सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताका आधारमा एनएमबि बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रूपमा सम्मान गरेको हो ।

    आइएफसीसँगको सम्झौताअन्तर्गत बैंकले आइएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेका हरित योजनाहरूमा कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले ग्रिन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरूप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको उल्लेख गरेको छ ।

    बैंक हाल कार्बन अकाउन्टिङ फाइनान्सियलको समितिको एक सक्रिय सदस्य रहेको जनाइएको छ ।

    सन् २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यताप्राप्त वाणिज्य बैंकमध्ये एनएमबि एक मात्र बैंक रहेको जनाइएको छ । डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै यसबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनका लागि अग्रसर रहेको बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images