images
images
  • किन आउदैछन् अमिताभ बच्चन नेपाल ?

    काठमाडौं – फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् ।

    भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन् ।

    मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ ।राजधानि दैनिकमा खबर छ ।

    राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images