जनकपुरधाम। कोरोना संक्रमित अर्थोपेडिक डा. मुकेश चौधरीको मृत्यु भएको छ ।
उनको विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिरहाको लहान घर भएका उनी कोरोना देखिएसँगै ९ दिनदेखि होम आइसोलेसनमा थिए ।
स्वास्थ्य जटिल बनेपछि उनलाई थप उपचारको लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।
अन्दाजी ३५ वर्षीय उनी लहानमा डाइग्नोस्टिक सेन्टरका संचालक हुन् ।
प्रतिक्रिया दिनुहोस्