• भारतमा एकैदिन थपिए २ लाख ६३ हजार संक्रमित,४ हजार ३ सयको मृत्यु


    दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६३ हजार ५ सय ३३ जना नयाँ कोरोनाभाइरस संक्रमित थपिएका छन् भने संक्रमणबाट ४ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।

    ४ लाख २२ हजार ४ सय ३६ जना डिस्चार्ज भएका छन् ।

    भारतमा हालसम्म २ करोड ५२ लाख २८ हजार ९ सय ९६ जना कोभिड(१९ बाट संक्रमित भएका छन् भने २ करोड १५ लाख ९६ हजार ५ सय १२ जना संक्रमण मुक्त भएका छन् ।

    हालसम्म भारतमा मृत्यु हुनेको संख्या २ लाख ७८ हजार ७ सय १९ जना पुगेको छ भने संक्रिय संक्रमितको संख्या ३३ लाख ५३ हजार ७ सय ६५ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्