काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले फुटेको नभई आफूहरुले विद्रोह गरेको बताएका छन् । एमालेको नवौं महाधिवेशनपछि अहंकारी गुटले नेतृत्व कब्जा गरेको र अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नुपरेको उनले बताए ।
भारतमा उपचार गरेर सोमबार स्वदेश फर्किएका नेता खनालले त्रिभुवन विमानस्थलमा भने, ‘कम्युनिस्ट आन्दोलन विर्सजनमा जाने खतरा भएकाले विद्रोह गर्नुपरेको हो । यो विद्रोह नवनिर्माणका निम्ति हो ।’ ओलीको चर्को आलोचना गरेका उनले एमालेको नवौं महाधिवेशनसम्म आफूहरुले विकास गरेको क्रन्तिकारी कार्यदिशा, नीति र सिद्धान्तलाई पुनर्स्थापित गर्न जरुरी भएको बताए । त्यसका लागि एमालेमै बसेर अन्तर संघर्ष गरेपनि जब्बर भएर बसेको दक्षिणपन्थी अवसरवाद, गुटवाद र व्यक्तिवादले नदिएको उनले बताए ।
खनालले भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’
गोहीको आँसु झार्नुपर्दैन । पूर्वप्रधानमन्त्री खनालले उपचारका लागि भारत जाँदा भारी मन लिएर गएको आफू जोशिलो भएर फर्किएको बताए । आफू उपचारका क्रममा रहँदा सर्वोच्च अदालतले ९संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने० ऐतिहासिक फैसला गरेको उनले बताए ।
यसले लोकतन्त्र, संसद र संविधानको रक्षा भएको भन्दै उनले भने, ‘केपी ओलीको सरकार आफैंमा निरंकुश थियो । त्यो सरकार ढल्नु भनेको निरंकुशताको पराजय हो । दक्षिणपन्थी अवसरवाद, अहंकार, व्यक्तिवादको पराजय हो ।’खनालले अघि भने, ‘कम्युनिस्ट पार्टीको सरकार ढल्यो भनेर गोहीको आँसु बगाउन कुनै जरुरी छैन । कम्युनिस्ट पार्टीको नाममा बद्नाम सरकार थियो, त्यो ढल्यो ।’ उनले अब बाम लोकतान्त्रिक शक्तिको गठबन्धनबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यो नाफाको जीवन हो
स्वास्थ्यमा समस्या भएपछि २ असारमा भारत गएका खनालको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । खनाललाई उनकी पत्नीकी दिदीकी छोरी मेरिना चित्रकारले मिर्गौला दिएकी थिइन् । मिर्गौला प्रत्यारोपणपछि आफूले पहिले भन्दा पनि ताजा महसुस गरेको खनालले बताए ।
एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले भने, ‘पछिल्लो सर्जरीपछि विल्कुलै नयाँ जीवन प्राप्त गरेको छु, यो मेरो जीवन नाफाको जीवन हो, बोनसको जीवन हो । सास रहुन्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढिकरणमा लगाउँछु ।’ उनले कार्यकारी पदमा भने कुनै दाबी नगर्ने बताएका छन् । एमालेमा ७० वर्षको उमेर हद ल्याउने मुख्य नेता आफू भएको स्मरण गर्दै खनालले भने, ‘७१ वर्ष पार गरिसकेँ । अब कुनै पनि कार्यकारी पदमा मेरो दाबी रहँदैन ।’
यो मेरो बोनसको जीवन हो, कार्यकारी पदको माग गर्दिनँ’
नेता झलनाथ खनालले आफू अब कुनै पनि कार्यकारी पदमा नबस्ने बताएका छन्। खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूले नाफाको जिवन बाँचेककाले अब कार्यकारी पदको लोभ नगर्ने बताए।
म अब कुनै कार्यकारी पदमा दाबी गर्दिनँ। ७१ पार गरिसकेँ, मेरो जीवन नाफाको हो, बोनस होु, उनले भने, ‘श्वास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिष्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणमा समय खर्चिन्छु।’ दीगो शान्ति स्थापना र समाजवादको बाटोमा जीवन समर्पित गर्नेछु। उनले नेकपा एमाले दक्षिणपन्थी अवसरवाद पार्टी भएको आरोप पनि लगाएका छन्।
ओलीको पार्टी दक्षिणपन्थी अवसरवादको प्रतिक
नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी अहिले दक्षिणपन्थी अवसरवादको र व्यक्तिवादको प्रतिक बनेको बताएका छन् । ‘अहिले केपी ओलीको पार्टी भनेको त, दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको छ’ खनालले भने, ‘त्यसैले यसका विरुद्ध हामीले विद्रोह गर्नुपरेको हो ।’ खनालले विद्रोह फुट र विनाश नभएको भन्दै विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको पनि बताए ।
केपी शर्मा ओलीको पार्टी भनेको दक्षिणपन्थी अवसरवाद, फुटवादको प्रतिक हो,त्यसैले हामीले त्यसका विरुद्ध विद्रोह गर्नुपरेको होु, उनले भने, हाम्रो रगत र पसिनाले बनाएको पार्टी भए पनि ओलीले एमालेलाई दक्षिणपन्थी भासमा धकेलिदिनुभएको छ। उनले नवौँ महाधिवेशनमा अहंकारी गुटले एमाले कब्जा गरेको पनि बताए । नवौँ महाधिवेशनपछि अहंकारी गुटले एमालेको नेतृत्व कब्जा गरेको छ। त्यहीकारण पार्टीमा चिरा परेको होु, उनले भने।
उनले अहिले कुनै स्वार्थ नभएका क्रान्तिकारीहरुले एमालेबाट विद्रोह गरेको पनि दाबी गरे। निजी स्वार्थ नभएका क्रान्तिकारीहरूले गर्ने विद्रोहको संख्या कति छ भन्ने कुराको महत्व हुँदैनु, नयाँ पार्टी गठनबारे उनले भने। केपी ओली नेतृत्वको सरकार बदनाम भएर आफैँ ढलेको समेत खनालले बताए। ुओली सरकार ढलेर वामपन्थी र लोकतान्त्रिक शक्तिको गठबन्धन सरकार बनेको छु, उनले भने, ुयसलाई राम्रोसँग चलाउनुपर्छ।
खनालले आफूले अहिले नाफाको जीवन बिताइरहेको बताए। नाफाको जीवन जिउँदैछु। ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी गर्दिनँ, उनले भने, देश, राष्ट्रियता र कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा काम गर्छु।
स्वागतमा को को पुगे विमानस्थल ?
सोमबार अपरान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेका पूर्वप्रधानमन्त्री खनाललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डेलगायतका नेताहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालका तर्फबाट एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए । खनालले आफ्नो उपचारमा सहयोग गरेकामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेल, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल र सत्तारुढ गठबन्धनका नेताहरुलाई धन्यवाद दिए ।


विश्व खबर 



















