images
images
  • मिलन नेवार आधुनिक गीत ‘छाडेर गयौं…’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं-मिलन नेवार ‘अमात्य’को आधुनिक गीत ‘छाडेर गयौं…’ सार्वजनिक भएको छ । अमात्य ‘को स्वर रहेको गीतमा अनुप श्रीवास्तवको शब्द रहेको छ । यो गीतमा संगीत भने सरोज यादवको रहेको छ ।

    म्यूजिक भिडियोमा कलाकार जानकी कुँवर र अर्मान आलमको अभिनय रहेको छ । सागर प्रधानले छायांकन गरेको म्यूजिक भिडियोको अनिल श्रेष्ठले निर्देशन गरेका छन् ।

    यो म्यूजिक भिडियो प्रिन्सेस फिल्म प्रालिको आधिकारीक यूटुब च्यानलबाट सार्वजनिक भएको हो । गीत माया प्रेमको कथामा आधारित रहेको छ ।

    प्रेमिले प्रेमिकालाई दिएको धोकाको विषयलाई गीतले समेटेको छ । यही च्यानलबाट ‘हे बरै..’ नामक नयाँ तीज गीत सार्वजनिक हुने क्रममा रहेको छ ।

    https://www.youtube.com/watch?v=2e_mK2xdcrY

    प्रतिक्रिया दिनुहोस्
    images
    images