काबुल-अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ९० सर्वसाधारणको मृत्यु भएको छ भने १५० भन्दा बढि घाईते भएका छन् । काबुल अन्तराष्ट्रिय विमानस्थल बाहिर बिहीवार साझ भएको आक्रमणमा परेर ज्यान गुमाउनेहरूको सङ्ख्या ९० पुगेको एक जनस्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन्।घाइतेहरूको सङ्ख्या १५० नाघेको बताइएको छ।मृत्यु हुने अफगानमध्ये कम्तीमा २८ जना तालिबान सदस्य रहेको एक तालिबान अधिकारीले बताएका छन्।
अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन्।इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएका छन्।
‘तयारी गर्नका लागि हामीले सबै कुरा गरिरहेका छौँ,’ उनले भने।अमेरिकी सेनाले अफगानिस्तानमा उद्धार कार्य सम्पन्न गर्नका लागि तीव्र रूपमा काम गरिरहेको छ। तालिबानसँग सहमति गरे अनुरूप अमेरिकाले उद्धार कार्य अगस्ट ३१ तारिखसम्ममा सम्पन्न गर्ने तयारी गरिरहेको छ।अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिका फर्कने समयसीमा थपेका छैनन्।
बिहीवार साँझ उनले आक्रमणकै बीच उद्धार कार्य भने जारी रहने जनाएका छन्।आफूलाई काबुलमा खटिएका कमान्डरहरूले अमेरिकी र अफगान नागरिकहरूको उद्धार अगस्ट महिनाको अन्त्यसम्ममा सम्पन्न गर्न सकिने बताइएको बाइडनले जानकारी दिए। हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ।उनले बिहिवार काबुल विमानस्थल बाहिर गरेको पछिल्लो आक्रमणको बदला लिन आईएसआईएस(के माथि आक्रमण गर्ने योजना बनाउन पेन्टागनलाई निर्देशन दिएका छन्।
बाइडनले आक्रमणको बदला लिने वाचा गरेका छन्।बिहीवारको घटनामा १३ जना अमेरिकी सुरक्षा अधिकारीहरू मारिएका थिए।समाचार संस्था रोयटर्सका अनुसार इस्लामीक स्टेटले आत्मघाती आक्रमणकारीले ूअमेरिकी सेनाका सहयोगी र अनुवादकहरूू लाई निसाना बनाएको बताएको छ।

अमेरिकी केन्द्रीय कमान्डका प्रमुख जेनेरल केनीथ मकेन्जीले गोली प्रहारपछि विस्फोटन भएको तर अफगानिस्तानको सत्तामा आएको नयाँ शक्ति तालिबानले त्यो घटना हुन दिएको हुनसक्ने कुनै पनि किसिमको सङ्केत आफूले नदेखेको बताएका छन्।तालिबानका एक जना प्रवक्ताले आफूहरूले काबुल विमानस्थलमा ठूलो भिड जम्मा हुँदा सुरक्षामा पर्न सक्ने प्रभावबारे पहिले नै चेतावनी दिएको जनाएका छन्।
अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।”हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,” उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे।अगस्ट १५ तारिखमा तालिबानले आफ्नो नियन्त्रणमा लिएको काबुलबाट हालसम्म १००,००० भन्दा बढीलाई अन्यत्रै लगिएको छ।तर अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनु अघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन्।
बिहीवार आक्रमण हुँदा अफगानिस्तानमा साँझको झन्डै ६ बजेको थियो। सुरुमा विमानस्थलको एउटा प्रवेशद्वारमा आक्रमण गरिएको थियो जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिसहरूलाई विमानस्थल जानका लागि आवश्यक प्रक्रियाहरू पूरा गर्दै थिए।त्यसको केही समय पछि गोली चलेको आवाज आयो।
केही मिनेटको अन्तरालमा ब्रिटिस अधिकारीहरूले प्रयोग गरेको एउटा होटेलमा पनि विस्फोटन भयो।अमेरिका र यूकेले काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा आइएसआइएस-के ले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएको भए पनि उद्धारका लागि आएका विमानमा स्थान पाउने आशामा विमानस्थल आसपासको क्षेत्रमा ठूलो भिड जम्मा भएको थियो।
अमेरिका भन्छः खोजी–खोजी दण्ड दिनेछौं
बिहीबार साँझ अफगातिस्तानको राजधानी काबुलको अन्तर्राष्ट्रिय विमानस्थल बाहिर विस्फोटन हुँदा हालसम्म ६० जनाको मृत्यु भएको छ भने १४० व्यक्ति घाइते भएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमा १३ अमेरिकी सेना पनि रहेका छन्। सन् २०११ पनि अमेरिकी सैनिकमाथि यो नै सबैभन्दा ठूलो आक्रमण भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ।
राष्ट्रपति बाइडनले भने: ”हामी माफ गर्ने छैनौँ। हामीले बिर्सने छैनौँ। हामी तिमीहरूलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ।”विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएको बताइएको छ।हमला हुनसक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धार कार्य रोकेकै दिन विस्फोटको घटना भएको हो।
यो घटनापछि रुष्ट अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेका छन्,‘यो आक्रमणको पछाडि जसको संलग्नता छ त्यसलाई हामी खोजेरै छाड्नेछौं र सजाय दिनेछौं। हामी उनीहरुलाई भुल्नेछैनौं र माफ गर्नेछैनौं। आतंकवादीले हामीलाई हाम्रो काम गर्नबाट रोक्न सक्नेछैनन्। हामी काबुलमा आफ्नो मिसन जारी राख्नेछौं र मानिसहरुलाई सुरक्षित रुपमा आफगानिस्तानबाट बाहिर निकाल्नेछौं।’
काबुल बिस्फोटनको जिम्मा आईएसले लियो
यो घटनाको जिम्मा अहिले अतिवादी जिहादी समूह आईएसले लिएको छ। उनीहरुले टेलिग्राममार्फत् काबुलमा भएको आत्मघाती हमलाको जिम्मा लिएका हुन्। अमेरिकी रक्षा विभागले पनि यो घटनामा आईएसको हात भएको आशंका गरेको थियो। काबुल विमानस्थलबाट हजारौं मानिस दैनिक अफगानिस्तान छाडिरहेको समयमा त्यहीँनेर विस्फोटन हुँदा विश्वभर हलचल मच्चिएको छ। यसअघि एक दिन अगाडि मात्र काबुल विमानस्थलमा आक्रमण हुन सक्नेभन्दै बेलायत र अमेरिकाले आफ्ना नागरिकलाई विमानस्थल वरपर नजान चेतावनी जारी गरेको थियो।


विश्व खबर 


















