images
images
  • संक्रमण दर बढ्दै : थप २,४८२ जनामा कोरोना संक्रमण पुष्टि , ४४ जनाको मृत्यु

    काठमाडौं-  पछिल्लो २४ घण्टामा देशभर  २ हजार  ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२, र ५ हजार  ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार  ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार १ हजार  ७८१ जना संक्रमणमुक्त भएका छन् र ४४ जनाको मृत्यु भएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५२ हजार ८६३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ भने ७ लाख ३ हजार ९६४ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ जना रहेका छन् । जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१० जना आईसीयू र १६१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images