काठमाडौं – साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अंकले घटेको छ । अघिल्लो कारोबार दिन बिहीबार १०.८९ अंक घटेर २ हजार ६३६.७५ विन्दुमा बन्द भएको नेप्से शुक्रबार प्रि–ओपन सेसनमा थप घटेर २ हजार ६२२.६७ विन्दुमा झरेको हो । सो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४.१६ अंकले घटेको छ ।
शुक्रबारको प्रि–ओपन सेसनमा ५७ वटा स्टकको ९२ पटक कारोबार भएको छ । यस क्रममा ६० हजार ३३ कित्ता शेयर ३ करोड ८२ लाख ५ हजार ३२१ रुपैयाँ ९० पैसामा खरिदबिक्री भएको छ । कारोबार भएका स्टकमध्ये १२ वटाको मूल्य बढेको छ भने ३८ वटाको मूल्य घटेको छ। बाँकी ७ वटा स्टकको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्





















