काठमाडौं – बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० को प्रि–ओपन सेसनमा परिसूचक ३.११ अंकले बढेको छ । अघिल्लो कारोबार दिन बुधबार ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा बन्द भएको नेप्से बिहीबार प्रि–ओपन सेसनमा ३.११ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको हो । सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.१९ अंकले बढेको छ ।
बिहीबारको प्रि–ओपन सेसनमा ६९ वटा स्टकको ११३ पटक कारोबार भएको छ । उक्त कारोबारमा ३४ हजार ८३९ कित्ता शेयर खरिदबिक्री हुँदा कुल २ करोड १० लाख ३ हजार ५५४ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।
प्रि–ओपन सेसनमा कारोबार भएका स्टकमध्ये २३ वटाको मूल्य बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी १३ वटा स्टकको मूल्य भने स्थिर रहेको छ ।
.
प्रतिक्रिया दिनुहोस्





















