images
images
  • सुनकोसी–मरिण आयोजना रद्द भए मधेस आन्दोलित हुन्छ : मनिष झा

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेसमा आन्दोलन चर्किने चेतावनी दिएका छन् ।

    मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले आयोजना रोक्नुको कारण र निर्माण सम्पन्न गर्ने सरकारको स्पष्ट कार्ययोजना माग गरे ।

    उनका अनुसार आयोजनाबाट मधेसका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । साथै, २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

    १.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु भइसके पनि बाँधलगायत संरचनाको निर्माण अघि नबढेको भन्दै उनले आयोजनाको काम रोकिनुको कारणबारे जवाफ माग गरे ।

    झाले सुनकोसीको पानी मरिण हुँदै मधेसमा पुर्‍याउने आयोजना कृषि, सिँचाइ र पानीको बढ्दो अभाव समाधानका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई अलपत्र पार्ने वा रद्द गर्ने अवस्था स्वीकार्य नहुने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images