images
images
  • इजरायली आक्रमणमा मारिए हमासको आन्तरिक सुरक्षा प्रमुख

    काठमाडौं– गाजाको आन्तरिक मन्त्रालयले हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख ब्रिगेडियर जनरल नईम अबु मोहम्मद नाहेल मारिएको पुष्टि गरेको छ। ५० वर्षीय नाहेल गाजामा हमासको आन्तरिक सुरक्षा संयन्त्रको निर्देशकका रूपमा कार्यरत थिए।

    यसअघि इजरायली सेनाले देशको आन्तरिक गुप्तचर निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा नाहेललाई निशाना बनाएर आक्रमण गरेको जनाएको थियो। उक्त आक्रमणमा उनी मारिएको इजरायली पक्षले जानकारी दिएको थियो।

    गाजाको आन्तरिक मन्त्रालयले पनि उनको मृत्यु पुष्टि गरेपछि इजरायली आक्रमणमा हमासको आन्तरिक सुरक्षा प्रमुख मारिएको विषय सार्वजनिक भएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images