काठमाडौं- चिकित्साशास्त्रमा दिनप्रतिदिन एकपछि अर्को फड्को मारिएको छ । यसरी फड्को मार्ने क्रममा अहिले चक्की औषधिको विकास भइसकेको छ । प्यान्क्रियाज (अग्न्यासय) को क्यान्सर उपचारलाई एकदमै कठिन मानिन्छ । तर अहिले एउटा यस्तो प्रविधि आएको छ, जुन प्रविधिका कारण धेरै जनामा क्यान्सर फैलन दिँदैन । त्यस्तै कतिपयमा त अहिले विकास भएको चक्की औषधिले ट्युमर नै हराएको पाइएको छ ।
केमोथेरापीसँगै डाराक्सोन्रासिब औषधि दिइएका १२ जनामध्ये एकको क्यान्सर स्क्यानमा देखिन छाडेको प्रारम्भिक चिकित्सकीय परीक्षणले देखाएको छ । शरीरका अन्य भागमा समेत फैलिसकेको प्यान्क्रियाजको क्यान्सरको पछिल्लो अन्तिम पुगेका ६१ जना बिरामीमा गरिएको परीक्षणमा झन्डै सबैको ट्युमरको वृद्धि रोकिएको थियो ।

चिकित्सकहरूले यो औषधिले कति समयसम्म रोगलाई नियन्त्रणमा राख्न सक्छ भन्ने कुरा स्पष्ट भई नसकेको बताएका छन् । साथै यसलाई क्यान्सर पूर्ण रूपमा निको पार्ने उपचारका रूपमा लिन नहुने उनीहरूको भनाइ छ ।
क्यान्सर अनुसन्धानसम्बन्धी संस्था क्यान्सर रिसर्च युकेले यसलाई प्यान्क्रियाजको क्यान्सरबाट पीडित बिरामीका लागि दशकौँयताकै सबैभन्दा ठुलो उपलब्धि भनेको छ । संस्थाका डा. साम गोडफ्रेले परीक्षणका नतिजा अत्यन्तै उत्साहजनक रहेको बताएका छन् ।
उनले प्यान्क्रियाजको क्यान्सरको उपचारमा देखिएको प्रगतिले धेरै जना उत्साहित भएको पनि बताए । बेलायतलगायत संसारका धेरै देशको अवस्थालाई आधार मान्ने हो भने प्यान्क्रियाजको क्यान्सर उपचार गर्न कठिन क्यान्सरमध्येको एक हो । किमोथेरापीले केही नियन्त्रण गरे पनि ट्युमर फेरि बढ्ने जोखिमसमेत हुन्छ ।
औसतमा १८ महिना हाराहारीमा यस समस्या देखिन थालेको छ । कतिपयमा क्यान्सर फर्किएको थिएन । कति समयसम्म क्यान्सर फर्किएन, यसको परीक्षण गर्न अझ लामो समय कुर्नुपर्ने हुन्छ ।
अहिले पहिलो र दोस्रो चरणमा गरिएको परीक्षणअनुसार ९० प्रतिशतमा ट्युमर वृद्धि भएको छैन । ६० प्रतिशत बिमारीको ट्युमर देखिएन । ८ प्रतिशतमा भने सिटी स्क्यानमा पनि ट्युमर देखिएन ।

यस अध्ययनमा संलग्न डा. वाङ की पार्क अहिलेसम्मको अध्ययन उपलब्धिमूलक भएको बताउँछन् । उनका अनुसार उनले क्यान्सर लागेको मानिसको आयु लम्ब्याउन यो चक्की उपयुक्त ठहर हुने विश्वास व्यक्त गरेका छन् ।
यो औषधि अमेरिकामा अहिले नै दिन थालिएको छ । प्यान्क्रियाजको जस्तै म्युटेसन हुने फोक्सो र पाठेघरको क्यान्सरमा समेत यो काम लाग्नसक्ने अपेक्षा गरिएको छ । युरोपियन क्यान्सर कन्फरेन्सका प्रमुख प्रोफेसर एलेना गार्डेला यो नतिजा उत्साहजनक भएको बताउँछिन् । उनका अनुसार अन्य उपचारमा यो उपचार पनि मिसाउँदा एकातर्फ सर्भाइभल रेट बढी हुन्छ ।
अमेरिकाको तथ्याङ्कअनुसार कुल क्यान्सर रोगीमध्ये ३ प्रतिशत प्यान्क्रियाजको क्यान्सरको बिरामी छन् । मृत्यु हुनेमध्ये ८ प्रतिशत यस क्यान्सरबाट प्रभावित छन् । वार्षिक ५३ हजार व्यक्त बर्सेनि अमेरिकामा यस क्यान्सरका कारण जीवन गुमाउन बाध्य छन् ।
बेलायतमा वार्षिक यस क्यान्सरको पहिचान ११ हजार ५०० को हाराहारीमा भएको छ । यसैगरी १० हजार २०० जनाको मृत्यु भएको छ ।

विलियम हाल्स्टेडले स्तन क्यान्सरको उपचारका लागि पहिलो पटक ’¥याडिकल मास्टेक्टोमी’ गरेका थिए । यो शल्यक्रिया विधि २० औं शताब्दीको उत्तरार्द्धसम्म स्तन क्यान्सर उपचारको मुख्य मानक पद्धतिको रूपमा कायम रह्यो ।
ब्राजिलियन नेत्ररोग विशेषज्ञ हिलारियो डे गौभियाले क्यान्सर लाग्न सक्ने जोखिम आमाबाबुबाट सन्तानमा सर्न सक्छ भन्ने पहिलो लिखित प्रमाण पेस गरेका थिए । उनले बाल्यकालमा आँखाको घातक ट्युमर (रेटिनोब्लास्टोमा) को सफल उपचार गराएका एक पिताका सात सन्तानमध्ये दुई जनामा पनि सोही रोग देखिएको विवरण सार्वजनिक गरेका थिए ।
स्वीडिस चिकित्सकद्वय टोर स्टेनबेक र तागे स्योग्रेनले एक्सरे थेरापीद्वारा छालाका दुई प्रकारका क्यान्सर- ’बेसल सेल कार्सिनोमा’ र ’स्क्वामस सेल कार्सिनोमा’ निको पारिएका पहिलो घटनाहरूको विवरण प्रस्तुत गरेका थिए ।
सर जेफ्री किन्सले स्तन जोगाएर गरिने शल्यक्रिया र त्यसपछि दिइने विकीरण उपचार (रेडिएसन थेरापी) मार्फत स्तन क्यान्सरको उपचार गर्ने विधिको वर्णन गरेका थिए । ट्युमर हटाउने शल्यक्रिया गरिसकेपछि प्रभावित स्तनभरि र नजिकैका काखीका ग्रन्थीहरू (एक्सिलरी लिम्फ नोड्स) छेउमा रेडियमयुक्त लामा सुईहरू घुसाइन्थ्यो ।
रोय हट्र्ज र मीन चिउ लीले ’मेथोट्रेक्सेट’ नामक औषधि प्रयोग गरी ’कोरियोकार्सिनोमा’ (प्रजनन तन्तुमा लाग्ने एक दुर्लभ क्यान्सर, जसले मुख्यतया महिलाहरूलाई असर गर्छ) भएकी एक बिरामीको उपचार गरेर केमोथेरापीमार्फत मानव शरीरको ठोस ट्युमर (सोलिड ट्युमर) पूर्ण रूपमा निको पार्ने पहिलो सफलता हासिल गरेका थिए ।

एक क्लिनिकल परीक्षणको नतिजाले देखाएको छ कि प्रारम्भिक चरणको स्तन क्यान्सर भएका महिलाहरू, जसको उपचार स्तन जोगाएर गरिने शल्यक्रिया (लम्पेक्टोमी) र त्यसपछिको पूर्ण-स्तन विकीरण उपचार (रेडिएसन थेरापी) मार्फत गरिएको थियो, उनीहरूको समग्र बाँच्ने दर र रोगमुक्त जीवनको दर केवल स्तन पूर्ण रूपमा हटाउने शल्यक्रिया (मास्टेक्टोमी) मात्र गरिएका महिलाहरूको जत्तिकै समान रहेको थियो ।
एफडीएले हर्मोन थेरापीले काम गर्न छाडेको मेटास्टेटिक (शरीरका अन्य भागमा फैलिएको) प्रोस्टेट क्यान्सरको उपचारका लागि बिरामीकै आफ्नै प्रतिरक्षा प्रणालीका कोषहरू (डेन्ड्रिटिक कोषहरू) प्रयोग गरी बनाइएको क्यान्सर उपचार खोप ’सिपुल्युसेल-टी’ लाई स्वीकृति प्रदान गरेको छ । यो स्वीकृति प्राप्त गर्ने मानव क्यान्सर उपचारको पहिलो (र हालसम्मको एक मात्र) खोप हो । धेरै शताब्दीदेखिको यो प्राणघातक रोग विभिन्न समयमा विभिन्न चरणमा प्रवेश गरेको छ । अब यो नयाँ चक्कीको विकास क्यान्सर उपचारमा एउटा नयाँ कोशेढुङ्गा हुनसक्छ ।
-बीबीसी, क्यान्सर डट जीओभीलगायतको सहयोगमा


मनोज घिमिरे 



















