images
images
  • एमालेले अब माथिल्लो तहबाट स्थानीय निकायमा उम्मेदवार नलाद्ने

    काठमाडौं – एमालेले सम्बन्धित निकायको कमिटीबाटै स्थानीयत निकायको उम्मेदवारको टुंगो लगाउने भएको छ । बुधबार राजधानीमा सुरु भएको राष्ट्रिय भेलामा प्रस्तुत गरेको ‘शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारी’ सम्बन्धी राजनीतिक तथा संगठनात्मक दस्तावेजमा महासचिव शंकर पोखरेलले यस्तो प्रसताव अगाडि सारेका हुन् ।

    यस अघि पालिका तहका उम्मेदवारको निर्णय जिल्लाले र नगरपालिका तथा महानगरको उम्मेदवारको निर्णय केन्द्रले गर्दै आएको थियो। यसरी माथिल्लो कमिटीको निर्णयमा तल्ला कमिटीमा असन्तुष्टि बढ्ने गरेको र त्यही कारणले पराजय भोग्नु परेको भन्दै यस्तो प्रस्ताव गरेको हो ।

    ‘संगठनात्मक र वैचारिक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरि घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तापङ्क्तिमा देखिन्छएको भन्दै ’ उनले यस्तो प्रसताव अगाडि सारेका हुन् ।

    उनले पार्टीभित्र कार्यकर्ताको मूल्यांकन वैज्ञानिक, वस्तुनिष्ठ र कार्यसम्पादनमा आधारित हुन नसकेको पनि स्वीकार गरेका छन् । ‘जिम्मेवारी, पदोन्नति, अवसर तथा उम्मेदवार छनोटका विषयमा असन्तुष्टि उत्पन्न हुँदा त्यसलाई समयमै सुन्ने र समाधान गर्ने प्रणाली कमजोर हुदै गएको छ ’ उनले प्रस्तावमा उल्लेख गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images