images
images
  • आजको मौसमः तराई र उपत्यकामा हुस्सु, हिमाली क्षेत्रमा आंशिक बदली

    काठमाडौं – देशमा पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहेकाले आज देशका केही स्थानमा मौसम बदली हुने भएको छ । तराईका भूभाग, उपत्यका तथा खोँचका धेरै स्थानमा बिहानैदेखि तुवाँलो र हुस्सु लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ । अन्य धेरै स्थानमा भने मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

    महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचका केही स्थानमा भोलि बिहान पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । बिहानको समयमा हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images