images
images
  • प्रवासी नेपालीको सहयोगमा जामुनाखर्कमा विद्यालय भवन निर्माण

    काठमाडौं – वैदेशिक रोजगारीका सिलसिलामा बहराइनमा रहेका नेपालीको आर्थिक सहयोगमा म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कस्थित आधारभूत विद्यालयमा दुईकोठे भवन निर्माण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० बहराइन र नेपाली क्लब अफ बहराइनको आर्थिक सहयोगमा विद्यालय भवन निर्माण गरिएको हो। भवन निर्माणका लागि बहराइनबाट पाँच लाख रुपैयाँ र स्थानीयवासीबाट दुई लाख रुपैयाँ गरी कुल सात लाख रुपैयाँ सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

    कक्षा ३ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल १६ जना बालबालिका अध्ययनरत छन् । नयाँ भवन निर्माण भएपछि विद्यार्थीको पठनपाठनका लागि आवश्यक कक्षाकोठा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    भवन निर्माणमा सहयोग गर्ने संस्थाका प्रतिनिधिलाई बेनी नगरपालिका–६ का वडासदस्य राधिका विश्वकर्माको नेतृत्वमा स्थानीयले स्वागत तथा सम्मान गरेका थिए ।

    प्रवासी नेपालीको सहयोगमा निर्माण भएको विद्यालय भवनले स्थानीय बालबालिकाको शैक्षिक वातावरण सुधारमा योगदान पुग्ने विश्वास गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images