images
images
  • एनपीएल दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम र चितवन भिड्दै

    काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो क्वालिफायरमा आज सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल प्रवेशको निर्णायक खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

    पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि सुदूरपश्चिमले दोस्रो क्वालिफायर खेल्न लागेको हो। चितवन भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो । आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ। फाइनलमा यसअघि नै पहिलो क्वालिफायर जितेर स्थान सुरक्षित गरेको लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा हुनेछ ।

    एनपीएलको फाइनल खेल मङ्सिर ५ गते आयोजना हुनेछ। दोस्रो क्वालिफायरको नतिजाले उपाधिका लागि भिड्ने दुई टोलीको टुङ्गो लगाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images