काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको खेलमा चितवन राइनोजले काठमाडौ गोखार्जविरुद्ध ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनले टस जितेर पहिले ब्याटिङ रोजेपछि काठमाडौं फिल्डिङमा आएको हो ।
लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका छन्। दुवै टोली पहिलो पटक फाइनल पुग्ने लक्ष्यसहित काठमाडौं एलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका छन्। आजको खेलमा जित्ने टीमले फाइनलको लागि प्रतिस्पर्धा गर्नेछ भने हार्ने टोली उापधि होडबाट बाहिरिनेछ।
प्रतिक्रिया दिनुहोस्





















