images
images
  • एनपीएल तेस्रो संस्करण: लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङका लागि पालो दिएका हुन् ।

    आजको खेल जित्ने टोलीले फाइनलमा सीधै स्थान बनाउनेछ । पराजित हुने टोलीले फाइनल पुग्न इलिमिनेटरको विजेतासँग अर्को प्रतिस्पर्धा गर्नुपर्नेछ ।

    एनपीएलको दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । पहिलो संस्करणमा पनि सुदूरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images