काठमाडौ –नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि बुधबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । हल्ला नगरी अघिल्लो सिजनमा डिफेन्डिङ च्याम्यिन बनेको लुम्बिनी यस पटक पनि त्यही बाटोमा प्रवेशको संकेत देखिएको छ। नेपाली क्रिकेट टा्ेलीको पूर्व कप्तान रहेको रोहित पौडेल नेतृत्वको यो टोली फेरि यस पटकको सिजनमा पनि च्याम्पनसिपका लागि मैदनमा भोलि भिडने भएका छन् ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका यी टोलीका लागि यो खेल फाइनल पुग्ने पहिलो अवसर हो । विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।
लिग चरणको प्रदर्शन हेर्दा लुम्बिनी सुदूरपश्चिमभन्दा केही बलियो देखिएको छ । दुवै टोलीले समान पाँच खेल जिते पनि सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको थियो ।






















