images
images
  • एनपीएल तेस्रो संस्करणः लुम्बिनीलाई सुदूरपश्चिमको १०६ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज भएको प्लेअफको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १०६ रनको सामान्य लक्ष्य दिएको ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा ओर्लिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको हो ।

    सुदूरपश्चिमको लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रन जोड । जारी एनपीएलमा ऐरीको यो तेस्रो अर्धशतक हो ।

    यस्तै ईशान पाण्डेले २७ रन जोडे पनि बाँकी ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पेलम्यान र शेर मल्लले समान २-२ तथा किशोर महतो र अभिशेष गौतमले समान १-१ विकेट लिए ।

    आजको खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजय व्यहोर्ने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images