images
images
  • एनपीएल तेस्रो संस्करण: चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको एलिमिनेटरमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको विशाल लक्ष्य दिएको छ। ओपनर कमिल मिसाराको शतक र कप्तान रवि बोपाराको अर्धशतकमा चितवनले काठमाडौंसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रनको योगफल तयार गरेको हो।

    चितवनको लागि ओपनर मिसाराले सर्वाधिक १२० रनको योगदान दिए। उनले ५३ बलमा ४ चौका र ८ छक्का सहयोगमा शतक पूरा गरे।
    त्यस्तै कप्तान रविले ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५३ रन बनाए। अर्का ओपनर देव खनाल १७ रन बनाएर आउट हुँदा डेविड मलान विनारन पेभेलियन फर्किएका थिए।

    बलिङतर्फ काठमाडौंका लागि करण केसी र रासिद खानले समान २–२ विकेट लिए।
    अहिले काठमाडौंले चितवनविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images