images
images
  • ललितपुरबाट १ करोड ६७ लाख रुपैयाँसहित तीन जना पक्राउ

    काठमाडौं– ललितपुरबाट १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकम बरामद गर्दै तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।

    उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images