images
images
  • देशका १० जिल्लाबाट लागुऔषधसहित २१ जना पक्राउ

    काठमाडौं – प्रहरीले देशका विभिन्न जिल्लामा सञ्चालन गरेको नियमित गस्ती तथा निगरानीका क्रममा लागुऔषधसहित २१ जनालाई पक्राउ गरेको छ । उनीहरू बर्दिया, कञ्चनपुर, सुनसरी, दाङ, कैलाली, झापा, मकवानपुर, चितवन, ललितपुर र मोरङबाट पक्राउ परेका हुन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट एक जना, कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चान्देउबाट दुई जना र सोही गाउँपालिकाको अर्को स्थानबाट दुई जना पक्राउ परेका छन् ।

    त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट दुई जना, धरान उपमहानगरपालिका–८ गैरीगाउँबाट एक जना र सोही उपमहानगरपालिकाको दुर्गापथबाट एक जना पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक जना, कैलालीको भजनी नगरपालिका–३ सरदार चोकबाट एक जना, झापाको बिर्तामोड नगरपालिका–८ बाट एक जना तथा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ स्मारक रोडबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

    यसैगरी, चितवनको भरतपुर महानगरपालिका–११ मनकामना टोलबाट चार जना, ललितपुरको गोदावरी नगरपालिका–८ बागमती पुलनजिकबाट एक जना र मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट तीन जना पक्राउ परेका छन् ।

    प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायतका औषधि बरामद गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images