images
images
  • वर्षान्त २०२६: समावेशी र समानताको मुद्दा सशक्त बनेको वर्ष

    काठमाडौं- भिक्टोरिया उडहल अमेरिकी राष्ट्रपति पदमा उम्मेदवार हुने पहिलो महिला । इतिहास पढ्नेहरू धेरैका लागि उनको नाम सम्झन लायक छ । संसारको शक्ति राष्ट्र र समानताको लागि परिचित अमेरिकामा यी नै महिलाले करिब डेढ शताब्दीभन्दा अघि नै समानताको आवाज उठाएकी थिइन् । उनी सन् १८७२ मा राष्ट्रपति पदमा उम्मेदवार भएकी थिइन् ।

    पछिल्लो समय विश्व राजनीति नयाँ ध्रुवीकरणमा मोडिएको छ । लामो समय सेन्ट्रल राइटको प्रभाव रहेको युरोपमा समेत आममानिस अति दक्षिणपन्थी र वामपन्थी कित्तामा मोडिन थालेका छन् ।

    फ्रान्समा जुडोका स्वर्ण पदकधारी टेडी रिनरले राष्ट्रपति पदमा उम्मेदवार घोषणा गरेका छन् । उनको घोषणाभन्दा अघि नै फ्रान्समा भएको विभिन्न सर्वेक्षणमा अति दक्षिणपन्थी मारिन ला पेन र वामपन्थी नेता जियान लक मेलेनचोनबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो ।

    tedi reenar 1
    टेडी रिनर

    यो प्रसङ्गको अर्थ के पनि हो भने अहिले संसारमा केही देशको आन्तरिक राजनीतिमा समावेशी र समानताको मुद्दा बेजोड उठेको छ । अमेरिकामा हालै भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटको तर्फबाट मिचिगनमा सिनेटर भएका अब्दुल अल सयदले उठाएका समानताका मुद्दाले धेरै अमेरिकीलाई प्रभावमा पारेको छ ।

    abdul el sayed democrats
    अब्दुल अल सयद

    उनी पहिलो मुस्लिम सिनेटरमात्र भएनन्, उनका कारण धेरै एसियाली, अफ्रिकी र हिस्पानिकहरुले डेमोक्रेटलाई साथ दिए । अमेरिकाको अहिलेको संसद्मा सबैभन्दा धेरै महिला विजयी भएका छन् ।

    हुन त अहिले भारतको विद्यार्थी आन्दोलनमा पनि नेहा बोराको चर्चा छ । कक्रोच आन्दोलनको समयमा उनको उपस्थिति र नेतृत्व क्षमता प्रस्ट भइसकेको छ । उनीबाट दक्षिण एसियामा वामपन्थीहरूले धेरै आशा गर्न थालेका छन् ।

    Neha Bora aisa

    २९ वर्षीया नेहा बोरा सन् २०१९२० मा ल्याइएको नागरिकता ऐनको विरुद्धमा सडक प्रदर्शनको नेतृत्व गरे पनि उनको धेरै चर्चा भएको थिएन । हाल अल इन्डिया एसोसियसनको नेतृत्व गरेकी उनी यस वर्ष संसारको सञ्चारमाध्यममा छाउन सफल भइन् । उनको प्रशंसा गर्न विपक्षी नेता राहुल गान्धी समेत बाध्य भए ।

    यसअघि दुई पटक राष्ट्रपति पदमा महिलालाई उम्मेदवार बनाएको डेमोक्रेटले सन् २०२८ का लागि डेमाक्रेटले राष्ट्रपति पदका लागि अलेजान्द्रा आसाकिया कोर्टेज पनि अघि बढेकी छन् ।

    Ocasio Cortez us
    अलेजान्द्रा आसाकिया कोर्टेज

    संसारमा धेरै राजनीतिक परिवर्तन आए । यसरी आएका परिवर्तनका मूल कारण महिला नेतृत्वको हिम्मत र साहस पनि हो । पछिल्लो समय केही महिला विश्व राजनीतिमा उदाए, जसले विद्रोहको आवाज उठाए । विद्रोहले उनीहरूलाई जबरजस्ती नेतृत्वको रूपमा स्थापित गरेको छ ।

    सन् २०१८ को विश्व जलवायु सम्मेलनमा स्वीडेनकी ग्रेटा थनबर्ग १५ वर्षको मात्र थिइन् । त्यसै वर्षदेखि उनले लगातार आवाज उठाउँदै आएकी छन् । संसारमा बढ्दै आएको जलवायु परिवर्तनको सवालमा शक्ति राष्ट्रले नै आवश्यक कदम नचालेको भन्दै उनले आवाज उठाएकी हुन् ।

    ee6aa00d 69aa 4a0e 87fc 8374bcbc5655 AP25152407187940
    ग्रेटा थनबर्ग

     

    उनले फ्राइडे फर फ्युचरको रूपमा एउटा अभियान चलाएकी छन् । यस अभियानमार्फत १०० भन्दा बढी देशका युवाहरूलाई सामाजिक सञ्जालमा आबद्ध गरेकी छन् । यस मुभमेन्टले जलवायु परिवर्तनसम्बन्धी जनचेतना फैलाउने काम गरेको छ ।

    संसारका धेरै देशमा विद्रोह कायम छ । यस विद्रोहको बीचमा साउदी अरेबियाकी लिना अल हाउदीको विद्रोह पनि सम्झन लायक छ । सन् २०१८ मे १५ मा उनकी बहिनी लाउजेनलाई प्रहरीले गिरफ्तार गरेको थियो । सोही समयदेखि उनले लगातार ३ वर्ष आन्दोलन गरेकी थिइन् ।

    3500
    लिना अल हाउदी

    यस समयमा उनको आन्दोलनको मूल मुद्दा आफ्ना दिदीको जेलभित्रको अवस्था, रिहाइ र महिलाको सवारी साधन चलाउने अधिकारको विषय थियो । तीन वर्षपछि उनकी दिदी रिहा भएकी थिइन् । यसपछि पनि उनको विद्रोहको क्रम यथावतै रहेको छ ।

    अलेजान्द्रा आसाकिया कोर्टेजको चासो अमेरिकीमात्र होइन, संसारभरि नै छ । सन् २०१८ मा उनी अमेरिकी कांग्रेसमा निर्वाचित सबैभन्दा कम उमेरको व्यक्तित्वको रूपमा कीर्तिमान कायम गरेकी हुन् । यसपछि लगातार सफलता पाएकी उनले यस वर्ष ७८ प्रतिशतभन्दा बढी मत पाएर सफलता पाएकी हुन् ।

    अहिले डेमोक्रेट सोसलिस्ट अफ अमेरिकाले उनलाई आगामी राष्ट्रपतिको प्रबल दाबेदारको रूपमा व्याख्या गरिसकेको छ ।

    1778146646 1634223322 iva markovic.format jpeg.width 500
    इभा मार्कोभिक

    सर्बियामा विद्यार्थी आन्दोलन मात्र होइन, भ्रष्टाचार र ओरालो लागेको आर्थिक अवस्थाका कारण अलेक्जेन्डर भुसिकको सत्ता ढलेको छ । दुई वर्षअघि सुरु भएको विद्यार्थी आन्दोलनमा इभा मार्कोभिकको भूमिका थियो ।
    मार्कोभिकको राइट टु वाटरको सर्वत्र चर्चा भएको थियो । यसैकारण उनले धेरैलाई भुसिकको विरुद्धमा मानिसलाई आन्दोलनमा उतार्न सफल भइन् ।

    यसरी विद्रोहमा महिला नेतृत्वको पहिलो सुरुवात सन् १८२८ मा भारतबाट भएको थियो । सोही वर्ष भारतमा झाँसीकी रानीको रूपमा परिचित रानी लक्ष्मी बाईले उपनिवेशवादविरुद्ध आवाज उठाएकी थिइन् ।

    अमेरिकाको एलिस पाउललाई २० औं शताब्दीको अमेरिकामा महिला समानताको प्रेरणादायी महिलाको रूपमा चिनिएको छ । उनले अमेरिकामा महिलालाई मतदानको अधिकार र समान अधिकारको ऐनका लागि ठुलो सङ्घर्ष गरेकी थिइन् ।

    उनले अमेरिकी संविधानमा महिला समानताका विषय समावेश गर्न ठुलो सङ्घर्ष गरेकी थिइन् । सन् १९७७ जुलाई ९ मा ९२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

    संसारको इतिहास पढ्ने हो भने धेरै लामो हुनसक्छ । वर्ण, वर्ग र लिङ्गको आधारमा हुने भेदभावको अन्त्यमात्र होइन, समाजमा राजनीतिक हैसियतको लागि भएको सङ्घर्षको इतिहास लामो छ । हक, अधिकार र समानताका लागि भएको यो लामो सङ्घर्षको इतिहासमा यस वर्ष फेरि एक पटक नेहा बोराको विद्रोह र अलेक्जान्द्राको नेतृत्व क्षमताको विषय सशक्त बनेर उठेको छ ।

    -बीबीसी, न्युयोर्क टाइम्स र गार्जियनलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images