images
images
  • राष्ट्रियसभा उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ । आयोगले विज्ञप्ति जारी गदै दल दर्ताका लागि आह्वान गरेको हो ।

    जेठ ६ गते राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदका लागि उपनिर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य राम बहादुर थापा बादललाई नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि खाली भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

    वैशाख १४ गतेसम्म दल दर्ता गर्ने म्याद राख्दै आयोगले संविधानको धारा २७१ अनुसार जेठ ६ गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको हो । बागमती प्रदेशमा रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

    राष्ट्रियसभा सदस्य निर्वाचन ऐनअनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले पद रिक्त भए त्यसको ३५ दिनभित्र सरकारले तोकेको मितिमा उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images