images
images
  • ट्रम्पबाट कम्युनिस्टको आरोप लागेका अब्दुल अल सायद, जसले निकाले कठिन अवस्थाबीच जीत

    काठमाडौं– अमेरिकामा भएको मध्यावधि निर्वाचनको चर्चा अझ लामो समय रहने देखिएको छ । यस पटक डेमोक्रेटले अभूतपूर्व सफलता पाएको छ । यस निर्वाचनमा डेमोक्रेटको जीतमा युवाहरूको सबैभन्दा धेरै भूमिका छ । सन् २०२२ को राष्ट्रपतीय निर्वाचनको तुलनामा यस पटक सबैभन्दा धेरै रिपब्लिकनबाट डेमोक्रेटतर्फ सिफ्ट भएका छन् ।

    यसै गरी अश्वेत, अरब अमेरिकन, मुस्लिम र एसियाली मूलका धेरै जनाको मत डेमोक्रेटतर्फ मोडिएको छ । यसरी मोडिएको मत नै यस निर्वाचनपछि अमेरिकी संसद्मा डेमोक्रेटको पूर्ण पकडको एउटा कारण बनेको छ ।

    अमेरिकामा दुई दल प्रमुख छन् । रिपब्लिकन र डेमोक्रेट दुई दलको प्रभाव र पकड छ । विभिन्न सोच र विचार भएकाहरू प्रायः धेरै अमेरिकीहरू यसै दुई दलमध्येको कुनै दलमा आबद्ध छन् ।

    वामपन्थी सोच भएका अब्दुल अल सायद डेमोक्रेटमा आबद्ध छन् । उनी मिचिगनबाट सिनेटर भएका छन् । उनी अमेरिकी इतिहासको पहिलो मुस्लिम सिनेटर बन्न सफल भएका हुन् । उनले रिपब्लिकनका माइक रोजर्सलाई निर्वाचनमा हराए ।

    उनको विरुद्धमा केही डेमोक्रेट नै लागेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उनीप्रति धेरै नै आक्रामक थिए ।

    कुनै समय अमेरिकामा कम्युनिस्ट भएको चर्चा भयो भने उसलाई समाजले स्वीकार गर्न कठिन थियो । यस पटक भने अमेरिकाको निर्वाचनमा त्यसो भएन । अमेरिकाको निर्वाचनमा कम्युनिस्ट विचार भएको भन्दै ट्रम्पले उनीमाथि आक्रमण गरेका थिए । ट्रम्पको आक्रमणले अल सायदको मतमा कुनै फरक परेन । अझ धेरै फराकिलो बनायो ।

    उनले निर्वाचनमा गरिबलाई स्वास्थ्य करमा छुट तथा धनीलाई महँगो स्वास्थ्य करको मुद्दा उठाए । यसै मुद्दाले उनलाई सिनेटर बनाएको धेरैको मत छ ।

    इजरायली आप्रवासीका छोरा उनले निर्वाचनको समयमा नै इजरायलको इरानमाथि भएको आक्रमण नरसंहार भन्दै यसलाई रोक्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिए ।

    अल सायदको उम्मेदवारी देशभरि चर्चामा थियो । समाजवादी पक्षमा वकालत गर्ने अमेरिकीलाई यसले तानेको थियो । निर्वाचनको दौरान आफूमाथि धेरै आक्रमण भएपछि अल सायदले अमेरिकालाई साँघुरो बनाउने प्रयासमा लागेकाहरूले यस्तो आलोचना गरेको आरोप लगाए ।

    विजय जुलुसमा पनि अरब अमेरिकनहरूको फरक किसिमको उत्साह थियो । ४२ वर्षीय अल सायदको जन्म अमेरिकामा नै भएको थियो । उनको बाल्यकाल पोस्ट सेप्टेम्बर ११ मा बितेको थियो ।

    डेमोक्रेटहरुको विगतदेखि नै प्रभाव रहेको मिचिगनमा प्राइमरी निर्वाचनमा ह्याली स्टेभेन्सलाई हराएका थिए । स्टेभेन्स रोजर्सको पक्षमा लागेकी थिइन् । यसकारण उनको जीत कठिन मानिएको थियो । डेमोक्रेटको पक्षमा लहर आएको यस निर्वाचनमा उनको उम्मेदवारीले देशभरि नै असर गरेको देखियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images