काठमाडौं – इजरायलमा मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पक्षले ५३ र विपक्षी ब्लकले ४८ स्थानमा जित हात पारेका छन् । नेतान्याहुको लिक्विड पार्टीले २७ सिट जितेर आफूलाई सबै भन्दा ठुलो दलको रूपमा स्थापित गरेको छ । विपक्षी तर्फ गाडी इसेनकोटको यार दलले २१ स्थान हात पारेको छ ।
अरब पक्षले १९ सिटमा जित हात पारेको छ । अरब दल निर्णायक झैँ देखिए पनि दुवै पक्षका धेरै नेता यस समूहलाई साथमा लिएर सरकार बनाउने सोचमा छैनन् ।
बिहीबार नै इसेनकोटले पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटसँग भटे । बेनेटको टुगेदर पार्टीसँग मिलेर सरकार बनाउने योजना पनि अघि सारे । इसेनकोटले प्रजातान्त्रिक नेता याइर गोलानलाई पनि भेटे । अरब गठबन्धनका नेतासँग सरकार गठनका नेतासँग भेट्ने यहुदी मध्य उनी मात्र एक हुन् ।
गोलान र मनसुर अब्बासको बिचमा इजरायलको भावी भविष्यको बारे सल्लाह भएको छ । अब्बास राम पार्टीका नेता हुन् । गोलानले सामाजिक सञ्जालमा सबै मिलेर इजरायलको भाग्य फेर्ने समय आएको कुरा पनि उल्लेख गरे । अहिले राज्यका संयन्त्रहरू नै अरब दलले पाएको सफलताको विरुद्धमा आवाज उठान थालेका छन् ।
राज्यका संयन्त्रका जिम्मेवार स्थानमा रहने हरू नै कहिले उनीहरूले मत चोरेको अफवाह फैलाउन लागी परेका छन् भने वैदेशिक हस्तक्षेप भएको भन्दै अभिव्यक्ति दिने गरेका छन् । यसरी निर्वाचन परिणामको विरुद्धमा आवाज उठाउने काम गरेकाले इसेनकोटले बेन्जामिन नेतान्याहुको आलोचना गरेका छन् । नेतान्याहुले निजी प्रयोजनका लागि राज्यका संयन्त्रको दुरुपयोग गरेको आरोप पनि लगाइएको छ ।
अहिलेका सभाुमखलाइ हटाउने बारे धेरै सहमति बन्न सक्ने छ । यसरी विभिन्न आङ्कलन भई रहको समयमा नेतान्याहु भने अरब बाहेकको शक्तिको लागि प्रयास जारी राखेका छन् । उनले इजरायलमा प्यालेस्टाइनीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने कुरा उल्लेख गरेका छन् ।
मुख्य विपक्षी दलले बारम्बार नेतान्याहुको कार्यकालमा गरिबी बढेको, भ्रस्टाचार गरेको र अन्तर्राष्ट्रिय क्षेत्रमा इजरायलको छवि बिगारेको आरोप लगाइरहेका छन् । यसका अलावा उनीहरू मिलेर नेतान्याहुलाई बर्खास्त गर्ने सोचमा थिएनन् ।
निर्वाचनको दिन पनि नापित र यायर लेपिडले अरब नेतासँग बस्न पनि अस्वीकार गरेका थिए ।
अर्का कट्टरपन्थी अबिगडोर लिबरम्यानले पनि कुनै पनि हालतमा अरब दलसँग साझेदार हुन नसक्ने बताएका छन् ।






















