काठमाडौं – इजरायल सेनाले वेस्ट बैङ्क प्रभावित हेब्रनमा लगातार सातौँ दिन सैन्य लकडाउन भएको छ । वाफा न्युज एजेन्सीका अनुसार प्रतिबन्ध अझ कडा भएको छ । इजरायली सेनाले बिहीबार ७ जनालाई गिरफ्तार गरेको छ । २ जना घाइते भएका छन् । गत एक साता देखि हेब्रनमा कडा नाकाबन्दी गरेको छ ।
बाहिर र भित्र जाने सबै नाकाहरू बन्द गरिएका छन् । धेरै संवेदनशील क्षेत्रमा जान बन्द गरिएका छन् । ३०० जना भन्दा बढी सहर वाट निकालिएका छन् ।
हेब्रनमा कब्जा जमाएर बसेका इजरायलीहरूले प्यालेस्टाइनीहरु माथि लगातार आक्रमण गरेका छन् । बुधवार बाहिरबाट पुगेका तिन जना पत्रकारलाई कुटपिट समेत गरियो । यी नै मध्यका आन्द्रे एक्स घाइते भएर अस्पताल लगिएका छन् ।
गत साता नै अवैध रूपमा इजरायलीले कब्जा जमाएर बसेको टेलममा प्यालेस्टाइनी बन्दुकधारीले दुई इजरायली सेनालाई मारेका थिए । ती बन्दुकधारी पछि पनि हेब्रनमा मारिए । इजरायली प्रधानमन्त्री बेन्जामिन नेता न्याहुले सामाजिक सञ्जाल मार्फत हेब्रन बन्द गरिहाल्न र पुरै नाकाबन्दी गर्न आदेश दिएका थिए । उनले हेब्रनलाई पुरै नष्ट गर्न कुनै कसर बाँकी नराख्ने पनि बताए ।
अति दक्षिण पन्थी अर्थमन्त्री बाजेलाल स्मोटरिच गाजाको अन्य स्थानमा झैँ हेब्रनमा पनि त्यसै किसिमको आक्रमण गर्ने जनाए । यी सबै आक्रमणलाई राष्ट्र सङ्घले नरसंहारका संज्ञा दिएको छ । इजरायलका नरसंहारकै क्रममा अहिले पनि अन्धाधुन्ध सर्व साधारण माथि प्रहार गरेको छ ।
स्थानीय समुदायका नेता तथा ७० वर्षीय पसले हिजाइ सेवारलाई कुटपिट गरेको दृश्य अहिले बाहिरिएको छ । हेब्रनमा इजरायली ज्यादती यत्तिमा रोकिएको छैन ।
एक श्रोतका अनुसार ५००० हजार जना मारिने या विस्थापित हुने घटना भइसकेका छन् । कुनै स्थानमा इजरायली सेना पुगेको घरमा पानीको लाइन काट्ने जताततै डोजर लगाउने र दुख दिने काम गरी रहेका छन् ।






















