images
images
  • राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ तरलता खिच्दै

    काठमाडौं – बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज १५० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम प्रशोचन गर्न लागेको हो ।

    राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । सोही क्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो ।

    राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरणको बोलकबोल आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । उक्त उपकरणमा निक्षेपको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ ।

    निक्षेप संकलनको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागी हुन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images