images
images
  • मेची करिडोरको २७ करोडको ठेक्का रद्द, भौतिक प्रगति ४७ प्रतिशत मात्रै

    काठमाडौं – मेची करिडोरअन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको भए पनि पटकपटक म्याद थप गर्दा पनि निर्माणले गति लिन नसकेपछि सम्झौता रद्द गरिएको हो ।

    पूर्वाधार विकास मन्त्रालयका अनुसार उक्त आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्ने थियो । तर, पटकपटक म्याद थप गर्दा पनि सडक निर्माणको भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि मन्त्रालयअन्तर्गतको सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो ।

    इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको दुई करोड ३८ लाख रुपैयाँ असुल गरिएको । त्यस्तै, छ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images