images
images
  • लक्ष्मी सनराइज बैंकले घोषणा गर्‍यो ५ प्रतिशत बोनस सेयर

    काठमाडौं – लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत हुनुपर्नेछ । केन्द्रीय बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनीलाई वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images