images
images
  • १५ कात्तिकदेखि नागढुंगा सुरुङमार्ग प्रयोगमा शुल्क, कुन सवारीलाई कति ?

    काठमाडौं – नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गरेबापत आगामी १५ कात्तिकदेखि सवारीसाधनसँग शुल्क लिने तयारी गरिएको छ । सरकारले यसअघि नै सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको वर्गअनुसार शुल्क निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ ।

    सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं प्रवेश गर्ने र बाहिरिने सवारीसाधनका लागि फरक–फरक शुल्क तोकिएको छ । निर्धारित दरअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क तिर्नुपर्नेछ ।

    कुन सवारीसाधनलाई कति शुल्क ?

    कार, जिप, भ्यान, पिकअप, ट्र्याक्टर तथा माइक्रोबसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

    त्यस्तै, मिनिबस तथा मिनिट्रक र टिपरले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

    बस तथा सिंगल रियर एक्सल भएका ट्रकले सुरुङमार्गबाट काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । ठूला ट्रक, मल्टी एक्सल ट्रक तथा हेभी उपकरण बोकेका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

    यी सवारीसाधनलाई सुरुङमार्गमा प्रवेश निषेध

    सुरुङमार्ग सञ्चालनसम्बन्धी निर्देशिकाअनुसार पैदलयात्री, मोटरसाइकल, तीनपाङ्ग्रे तथा गैरमोटर चालित सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइने छैन ।

    त्यस्तै, पेट्रोल, डिजेल, ग्यासलगायत अत्यधिक ज्वलनशील पदार्थ तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई पनि सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।

    डिजिटल माध्यमबाट शुल्क भुक्तानीको तयारी

    सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क संकलन गर्न डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने तयारी गरिएको छ । रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन ९आरएफआईडी० प्रविधिमा आधारित एन–ट्याग तथा क्यूआर कोडमार्फत शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गर्ने योजना छ ।

    काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोलासम्म फैलिएको मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटर लामो छ । यसले नागढुंगा–नौबिसे सडकखण्डको दूरी छोट्याउनुका साथै यात्रा समय घटाउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images