images
images
  • स्पेनमा विमान दुर्घटनामा ६८ जनाको मृत्यु

    काठमाडौं – स्पेनमा तीव्र गतिमा चलेको रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको ज्यान जानुको साथै दर्जनौँ घाइते भएका छन् । म्याड्रिडबाट सेभिला तर्फ गइरहेको रेल अर्को रेलमा ठोक्किएको थियो । स्टेसनमा यसरी दुर्घटना भए पछि सबै सामान यत्रतत्र छरिएका दृश्य सार्वजनिक भएका थिए ।

    स्पेनका यातायात मन्त्रीले यो घटना स्पेनको इतिहासकै खराब रहेको बताउँदै मानवीय गल्तीका कारण यो भएको कुरा उल्लेख गरे । स्पेनमा १३ वर्षमा यसरी ठुला दुर्घटना भएको हो ।

    यातायात मन्त्री ओसकार पुयन्टेका अनुसार कम्प्युटर फेल भएर स्टेसनमा रहेको रेलमा १४७ जना बसेका थिए । म्याड्रिडको कन्ट्रोल अफिसले सिस्टम फेलरको कुरा पत्ता लगाए पनि यसै गतिमा रेलको गति नियन्त्रणका लागि अपरेटर अफिसबाट केही पनि नभनिएको उनले बताए ।

    स्टेसनमा रहेको रेलमा बसेका इरयोले पछाडिबाट स्पेन राज्यकै नियन्त्रणमा रहेको रेन्फे कम्पनीको रेलले आएर ठक्कर दिएको बताए । सो रेलमा भने ३९७ जना पेसेन्जर थिए ।प्रत्यक्षदर्शी साल्भाडोर अरिजाका अनुसार प्यासेन्जरहरू झ्यालबाट आत्तिएर निस्कन खोजिरहेका थिए । कतिपय च्यापिएका थिए ।

    मानिसहरू चिच्याउँदै भुईँमा ढलेको दर्दनाक दृश्य देखिएको प्रत्यक्षदर्शी बताउँछन् । पत्रकार एन्टनियो जुमिरेज बाटोमा हिँडिरहेको समयमा सो रेल दुर्घटना भए पछि जमिन नहल्लिएको र आफूलाई कसैले पछिबाट ठेलेको महसुस भएको बताए । बाटोमा हिडिरहको उनी माथि धेरै जना ढलेको पनि थिए।

    दर्जनौँ एम्बुलेन्स केही समयमा नै सो स्थानमा पुगेका थिए । साथमा केही घाइतेहरूलाई अस्पताल ओसार्नका लागि पनि हेलिकोप्टर प्रयोग गरिएको थियो । स्पेनमा जनवरी महिनामा काबोडोमा पनि यस्तै भएको थियो । त्यस समयमा भएको दुर्घटनामा ४६ जनाको ज्यान गएको थियो । सन् २०१३ मा उत्तर पश्चिममा भएको दुर्घटनामा भने ८० जनाको ज्यान गएको थियो ।

    स्पेनको मजदुर सङ्गठनले भने यातायात मन्त्रीको राजीनामा माग गरेको छ । सरकारले ट्राफिक नियन्त्रण गर्न नसकेर दुर्घटना भए पनि यसलाई मानवीय गल्तीको संज्ञा दिइएको आरोप मजदुर सङ्गठनको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images