काठमाडौं – जेरुसेलम, इजरायलको निर्वाचनमा कसैले पनि आवस्यक बहुमत नपाएको प्रक्षेपण छ । इजरायली टेलिभिजन नेटवर्कले जारी गरेको प्रक्षेपणका अनुसार वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिक्विड पार्टीले १२० सदस्सीय नेसेटमा ५० सिट जित्ने छ ।
पूर्व सेना प्रमुख गाडी आइसनकोटले नेतृत्व गरेको विपक्षी गठबन्धनले ५२ सिट जित्ने छ । यस प्रक्षेपण अनुसार कुनै पनि पक्षले बहुमत ल्याउने छैन । यसो भएमा त्यहाँको सरकार गठन हुन अझै लामो समय लाग्न सक्ने छ ।
अरबहरूको नेतृत्व रहेको दलहरूले १८ स्थानमा जित हात पार्ने छन् । यसो भएमा उनीहरूसँग कोही मिल्न चाहेमा सोही शक्ति निर्णायक हुने छ । यस प्रक्षेपणमा विपक्षी दल भने सहमत हुन सकेको छैन । विपक्षी दलले भने नेतान्याहुको सर्मानक हार भएको र कुनै पनि समय घर जान यस जनमतले दबाब दिएको दाबी गरेका छन् ।
नेतान्याहुको लिक्विड पार्टीका नेता उनको क्याबिनेटका विदेश मन्त्री गाइडेन सारले विपक्षीको खुसीयाली क्षणिक भएको दाबी गरेका छन् । पछिल्लो ३० वर्ष यता १९ वर्ष इजरायलको नेतृत्व गरेका बेन्जामिन नेतान्याहु बारम्बार आएको सङ्कटको समाधान गर्न सफल भएका छन् ।
प्यालेस्टाइन राजनीतिका ज्ञाता एहाब जाबरेन भने यस निर्वाचनको पूर्ण परिणाम नआएसम्म कुनै कुरा यकिन भन्न नसकिने बताउँछन् । उनले नियमित वार्ता मार्फत नेतान्याहु अझै आफ्नो कार्यालयमा रहन सक्ने बताउँछन् ।
४ नोभेम्बरमा निर्वाचनको पूर्ण परिणाम आइ सके पछि राष्ट्रपति इसाक हेरजोगले नयाँ सरकारका लागि आह्वान गर्ने छन् । सोही अनुसार नयाँ सरकार गठन हुने छ । यसका लागि नेतान्याहु र इसेनकोट नै मुख्य दाबेदार मानिएका छन् ।
इजरायलको पनि अन्य देशमा झैँ नै संसदीय व्यवस्था छ । संसद्को बहुमतले नै प्रधानमन्त्री चयन गर्ने प्रावधान छ । इजरायलमा अल्पमतको सरकार बन्ने छैन । कसैले बहुमत नपाएमा गठबन्धन मार्फत सरकार बन्ने बाटो खुला हुने छ । अहिलेको प्रक्षेपण अनुसार बेन्जामिन र इसेनकोट नै मिल्नु पर्ने या दुई मध्य एकले अरब नेतृत्वसँग गठबन्धन गर्नु पर्ने छ ।
अन्यथा दुई मध्य एक पक्षले अरब नेतृत्वसँग सहकार्य आवस्यक छ । धेरै समीक्षकहरूले यो पनि असम्भव भएको देख्छन् । यी सबै सम्भावना नभएमा फेरी निर्वाचन पनि हुन पनि हुन सक्ने छ । यस परिणामबाट अरबहरू खुसी देखिन्छन् । एक २९ वर्षीय युवा अहिले प्यालेस्टाइनमा भएको नरसंहारको विरुद्धमा आवाज बुलन्द गर्ने समय आएको बताएका छन् ।























